Sathi
[00:21.61] ऊ मेरो बाल्यकाल देखिको मिल्ने साथी
[00:24.12] हाम्रो मित्रता अरु सम्बन्ध भन्दा माथी
[00:26.63] हामी सहर घुम्न जान्थ्यौ राति राति, भागी भागी
[00:30.16] घरमा आमा बुवा लाई ढाँटी
[00:32.16] मर्न र मार्न तयार एक अर्कोको लागि
[00:34.93] सधै संगै बस्थ्यौ स्कुल पढदा हामी
[00:37.69] दुबै न जाने यदि एउटा बिरामी
[00:40.20] जे पनि बाडने हाम्रो राम्रो थियो बानी
[00:42.71] उस्ले एक दिन चुरोट सल्काइ सोध्यो, "ओए खाने?"
[00:45.48] मैले पनि ताने संकोचै नमानी
[00:48.24] दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी
[00:50.75] बिस्तारै कुलतमा फसियो जानी नजानी
[00:53.51] गाँजा अनि गोटि सामान र पानी
[00:56.27] यो पछि त्यो, त्यो पछी त्यो दामि
[00:58.79] झ्याप नभइ दिन पनि राम्रै नलाग्ने
[01:01.31] त्यसपछी फेरि कहिल्यै उस्तै रहेनौ हामी
[01:04.58] नहोला सँगै आज तँ र म तर
[01:07.09] तेरो सम्झना यो मनमा छ
[01:09.35] साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
[01:12.11] तर साथी निकै एक्लो छु अहिले
[01:15.12] नहोला सँगै आज तँ र म तर
[01:17.88] तेरो सम्झना यो मनमा छ
[01:19.89] साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
[01:22.65] तर साथी निकै एक्लो छु अहिले
[01:25.17] यसरी नै लागूपदार्थमा डुब्दै गयौ
[01:27.93] गलत निर्णय खराब परिणामको शिकार भयौ
[01:30.69] कतिलाई कुट्यौ, लुट्यौ, कतिलाई ठग्यौँ
[01:33.45] घरमा आफ्नै आमाबुबा सँग झर्क्यौ
[01:36.21] आफैमा लड्यौ तर खान छोडेनौ
[01:38.72] बिस्तारै हामी एकअर्का सँगै बोलेनौ
[01:41.23] सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा
[01:44.00] ऊ बिना मलाई एक रती राम्रो लागेन
[01:46.76] अब सबै त्याग्ने मैले बाचा गरे
[01:49.27] बाहिर ननिस्कि कोठा भित्र सुतेर बसे
[01:52.03] बिस्तारै म पढाइ तिर अघि बढे
[01:54.54] सुन्ने गर्थे ऊ अझै त्यस्तै छ भन्ने
[01:57.55] एक दिन अचानक उसको भाई म सँग रुन लाग्यो
[02:00.06] मेरो मनमा विभिन्न प्रश्नहरु उठ्न थाल्यो
[02:02.83] उ अघिल्लो रात अस्पतालमा बित्यो रे
[02:05.59] म माथि आकाश खस्यो, म बेहोसिए
[02:08.60] नहोला सँगै आज तँ र म तर
[02:11.11] तेरो सम्झना यो मनमा छ
[02:13.37] साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
[02:15.88] तर साथी निकै एक्लो छु अहिले
[02:18.91] नहोला सँगै आज तँ र म तर
[02:21.92] तेरो सम्झना यो मनमा छ
[02:23.93] साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
[02:26.70] तर साथी निकै एक्लो छु अहिले
[02:29.45] विभिन्न प्रश्नहरुको उत्तर खोज्छु म
[02:31.97] If you never sort it out, take a bit, सोच्छु म
[02:34.73] सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो
[02:37.49] तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो
[02:40.25] हार पनि जीत, जीत पनि हार हुन्थ्यो
[02:42.78] घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो
[02:45.80] दु: ख सुख मा सङ्गै रोईन्थ्यो हासिन्थ्यो
[02:48.31] तँ र म दाजुभाई जसरी बाँचिन्थ्यो
[02:50.82] के लानुछ जिन्दगी दुई दिनको नासो हो
[02:53.83] तँ चाडैँ गईस तर एक दिन म पनि आउँछु
[00:00.00] शान्त सुन्दर संसारमा त्यो बादल पारिको
[00:00.00] जित्नु भन्दा ठूलो कुरो हिम्मत नहार्नु हो
[00:00.00] त्यसैले लड्दै छु संघर्ष गर्दै छु
[00:00.00] तँ कस्तो छस साथी म सन्चै छु
[00:00.00] तेरो याद आयो अनि सम्झेर बस्दै छु
[00:00.00] हामी फेरि भेटछौ भनी दिन गन्दै छु, अँ
[00:00.00] नहोला सँगै आज तँ र म तर
[00:00.00] तेरो सम्झना यो मनमा छ
[00:00.00] साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
[00:00.00] तर साथी निकै एक्लो छु अहिले
[00:00.00] नहोला सँगै आज तँ र म तर
[00:00.00] तेरो सम्झना यो मनमा छ
[00:00.00] साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
[00:00.00] तर साथी निकै एक्लो छु अहिले
