Lrc Player

Aama

Yama Buddha
[04:13.99]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:27.14] कसरी व्यक्त गरौ? म यी मेरा भावना

[00:29.90] सधैं खुसी राख्न सँकु तिमीलाई मेरी आमा

[00:32.67] जुनीजुनी रहोस मेरो साथमा तिम्रो छाँया

[00:35.43] तिम्रो आशीर्वाद अनि तिम्रो अजम्बरी माया

[00:38.19] दैबले सधैं खुशी थमाइदिउन् तिम्रो हातमा

[00:41.20] सुस्ताउन पाऊँ सधैभरी तिम्रो काखमा

[00:44.21] झरनाको पानी भन्दा निश्चल तिम्रो ममता

[00:46.95] हिमाल झै बिशाल तिम्रो संघर्ष क्षमता

[00:49.96] अतितका सबै अप्ठ्यारा क्षण एक्लै रुदै सह्यौ तिमीले

[00:52.47] तर पुछि दिन्थ्यौ मेरा सबै आशु पछ्यौरिले

[00:55.48] स-साना आवश्यकता पूरा गर्न पछि हटेनौ

[00:58.23] हाम्रो भविस्यलाई लड्यौ आफ्नै खयाल गरेनौ

[01:01.00] महसुस हुदैछ मेरा सबै भुलहरु, आज

[01:03.76] पश्चात्ताप गर्दैछु म बिहान-साझ

[01:06.51] कति जानी नजानी मैले पिडा दिए होला

[01:09.28] माफ गरिदेउ आमा म तिम्रो बदमास छोरा!

[01:11.80] तिम्रो मुहारमा सधैं हाँसो होस

[01:14.30] तिम्रो सदैबको आयु होस

[01:17.06] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो

[01:19.83] तिमी देवी तिमी नै मेरो दैब हो

[01:22.77] तिम्रो मुहारमा सधैं हाँसो होस

[01:25.72] तिम्रो सदैबको आयु होस

[01:28.48] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो

[01:31.19] तिमी देवी तिमी नै मेरो दैब हो

[01:33.90] सुर्यको ताप छेकी दिन्छ आमा तिम्रो छायाले

[01:36.92] सर्वश्रेष्ठ रहने छौ आमा तिमी जहिले

[01:39.64] दु: ख पीडा सहेर नि मुसकुराउछौ मायाले

[01:42.38] मातृप्रेम भन्दा ठूलो अरु हुने छैन केही

[01:45.14] म सक्दिन आमा तिमीलार्इ कोहि सङ्ग नि दाज्न

[01:48.36] पवित्र यो बन्धनलाई कसले सक्छ र नाघ्न

[01:51.09] त्यो कस्तो मानिस जसले सक्छ आफ्नो आमा त्याग्न

[01:53.85] अरुको कुरा सुनेर जो खोज्द छ भाग्न

[01:56.57] गर्न गाह्रो छ वर्णन तिम्रो सहनसिलता

[01:59.55] रोकिएला खोला रोक्ने छैन तिम्रो ममता

[02:02.32] केही नबोले नि तिमी बुझछौ मेरो मौनता

[02:05.04] मेरि आमा तिमी नै हौ मेरो देविदेवता

[02:07.78] जब म रुन्थे पिडाले आधी रातमा

[02:10.53] स्वर्गको अनुभूति पाउथे तिम्रो काखमा

[02:13.27] भाग्यमानी भएछु म तिमीलाई पाई साथमा

[02:16.25] तिमीले सिकायौ आमा कलम कापी च्याप्न

[02:18.73] तिम्रो मुहारमा सधैं हाँसो होस

[02:21.45] तिम्रो सदैबको आयु होस

[02:24.21] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो

[02:26.93] तिमी देवी तिमी नै मेरो दैब हो

[02:29.71] तिम्रो मुहारमा सधैं हाँसो होस

[02:32.47] तिम्रो सदैबको आयु होस

[02:35.48] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो

[02:38.24] तिमी देवी तिमी नै मेरो दैब हो

[02:41.00] मैले आज सम्म कति रुवाए होला

[02:43.78] जति बिश्वास गर्दा पनि दिए सधै धोका

[02:46.79] अचम्म लाग्छ तैपनि देख्दा मायाको खोला

[02:49.54] विशाल मुटु छ तिम्रो त्यसैले होला

[02:52.31] मेरो प्यारो छोरा भन्दै अङ्गालोमा बाध्छौ

[02:55.33] मेरो निम्ति मर्छौ तिमी मेरै लागि बाच्यौ

[02:57.84] मेरो निम्ति रोयौ अनि मेरै लागि हास्छौ

[03:00.85] तर जति गर्दा पनि दु: ख मात्र पायौ

[03:03.62] तर आमा अब म ठूलो हुँदै छु

[03:06.13] तिम्रा हरेक त्यागको कारण कुरो बुझ्दै छु

[03:08.90] एकलै बितेका पलहरु सम्झिदै रुदैछु

[03:11.67] कुकुर थिए म बल्ल मान्छे हुन सिक्दैछु

[03:14.43] सधै साथ दिनेछु अब आउने दिनमा

[03:17.70] टाढा भगाई दिन्छु सबै भय र चिन्ता

[03:20.45] सेवा गर्न चाहन्छु म तिम्रो सधै भरि

[03:23.20] यसै गरि माया मात्रै पाइराखु मनैभरी

[03:25.94] तिम्रो मुहारमा सधैं हाँसो होस

[03:28.45] तिम्रो सदैबको आयु होस

[03:31.21] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो

[03:33.98] तिमी देवी तिमी नै मेरो दैब हो

[03:36.73] तिम्रो मुहारमा सधैं हाँसो होस

[03:39.75] तिम्रो सदैबको आयु होस

[03:42.50] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो

[03:45.02] तिमी देवी तिमी नै मेरो दैब हो