Khushi (Timro Laagi)
[00:05.37] हो, सोचेको जस्तो त भएन यो जुनी
[00:09.77] बितायौ कति चिसा सांझहरु
[00:14.27] त्यही डेराको पुरानो कोठामा
[00:18.78] खोजीहिंड्यौ कति आफैलाई
[00:23.55] यथार्थले त हामी सबैलाई
[00:28.05] जिस्काउनु जिस्काएकै हो नि
[00:32.69] तर पनि हांसी हांसी
[00:36.79] जीवनभरि डटेर लड्यौ
[00:41.43] शहरमा बितायौ कति रित्तो रात
[00:45.68] रहर भुलाई अरुकै निम्ति
[00:50.69] तिमी मेरो केवल न्यानो सम्झनामा
[00:59.45] तिम्रा कथाहरु खुशी बाड्दै भन्नेछु म
[01:08.21] तिमी जहां छौ त्यहां होस् सधैं
[01:12.72] यही चांदनीको प्रकाश
[01:17.22] यही सूर्यको माया, तारा हुन्
[01:21.73] तिम्रै आकाशभरि चाकमन्न
[01:26.75] तिम्रो लागि सधैं, सबै, खुशी
[01:38.14] तिम्रो लागि सधैं, सबै, खुशी
[01:55.54] शुरुवात त तिम्रो अरु सबैको
[02:00.04] त्यही बिन्दुबाट भयो
[02:04.54] मात्र पुगेछन् आज अरु
[02:09.06] धेरै धेरै अगाडि
[02:13.56] तिमी भने आफ्नो मनलाई
[02:17.83] पछ्याउंदै लाग्यौ आफ्नै बाटो
[02:22.20] आज ऊ सफल रे तिमी असफल रे
[02:26.95] सफलता असफलता खै कसले बुझ्याछ?
[02:31.46] तिम्रो एकोहोरो संघर्षलाई
[02:35.96] समाजले नदेखे नि मैले देख्याछु
[02:40.73] तिमी मेरो केवल न्यानो सम्झनामा
[02:50.12] तिम्रा कथाहरु खुशी बाड्दै भन्नेछु म
[02:58.52] तिमी जहां छौ त्यहां होस् सधैं
[03:03.03] यही चांदनीको प्रकाश
[03:07.53] यही सूर्यको माया, तारा हुन्
[03:12.03] तिम्रै आकाशभरि चाकमन्न
[03:17.04] तिम्रो लागि सधैं, सबै खुशी
[03:27.06] साथी, तिम्रो लागि सधैं, सबै खुशी
