[00:28.69] शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
[00:35.57] मेरो याद कति आयो होला
[00:42.83] दशैंको बासनालाई बतासले बगाउंदा
[00:49.60] मलाई कति सम्झ्यौ होला
[00:56.85] सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
[01:03.86] निदरीसंग बिनती गर्यौ होला
[01:11.03] आशाको झोला बोकी, शहरभरि जताततै
[01:18.03] कति दिन पर्खिबस्यौ होला?
[01:24.80] यहां पनि चारैतिर शून्यता
[01:32.09] आशाले निथ्रुक्कै भिजेको छ
[02:09.15] गुम्सिएको रहरहरु सांचेर तिमी, अझै पनि हांस्दैछौ अरे
[02:23.16] निस्सासिएको सपना लुकाएर, अझै पनि तिमी बांच्दैछौ अरे
[02:37.43] रित्तिएको छ भावना भनेर
[02:44.43] आफूसंगै झुटो बोल्छौ होला
[02:51.45] चाहनाहरु बांधेर, झुटो चित्र कोरेर
[02:58.46] मनले मनलाई फकायौ अरे
[03:05.73] यहां पनि समयको कोलाहलमा
[03:12.74] दुनियासंगै रित्तिईंदैछ
[03:21.65] शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
[03:28.55] मेरो याद कति आयो होला
[03:35.55] दशैंको बासनालाई बतासले बगाउंदा, मलाई कति सम्झ्यौ होला
[03:49.82] सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
[03:56.85] निदरीसंग बिनती गर्यौ होला
