Kaalpanik
[00:00.05] Kapil Chaudhary가 만든 가사
[00:10.15] LRC 웹사이트 이름 Meglobiz
[00:24.76] सुनेजस्तै बग्ने रहेछ हावाको वेगमा यो झरी
[00:34.59] नहुने रहेछ कहिल्यै एकनास
[00:42.03] मायाका कुरा नसाटी कलेजीमा गाँसिदियौ
[00:51.32] जुनीभरि तिम्रै चाहना कसो गरी साँचिदियौ?
[00:59.85] शहरभरि गुनासो गरेछौ, सकेसम्म म तिम्रै रहेको हुँ
[01:08.89] आखिरीमा सत्य यो पनि रहेछ, चलेसम्म सास चल्ने मुटु
[01:17.65] हावासँग सोध्छु म
[01:21.64] ती मायाजस्ता कुरा
[01:25.09] समय जति अघि बढ्यो
[01:30.67] उति लाग्छ थियो कल्पना
[01:54.85] आफूभन्दा बेसी चिनेसरि थाहै नपाई तिम्रै भएछु म
[02:03.64] कति दयनीय भावना पनि, भरोसाको काबिल रहेन यही
[02:12.13] एकैछिनमा अपरिचित, बोलेका शब्द ती खै कता गए
[02:21.19] अरू त सबै निको होला, कुनै समयमा सँगै बाँचेको
[02:30.48] सँगै नाँचेको, सँगै हाँसेको (खै) खै कसरी निको हुने
[02:39.24] तर पनि, तर पनि मुटु
[02:43.49] तर पनि, तर पनि मुटु
[02:47.74] तर पनि मुटु
[02:51.46] तर पनि मुटु चलेकै छ
[02:56.77] शायद जीवन मेरो भ्रम नै बेसी भयो
[03:05.57] आँखा चिम्लेरै सास सबै हाम्रो सकिने हो
[03:13.81] भेट भए फेरि नचिनेसरि आफ्नै बाटो लागुँला म
[03:22.85] प्रश्न यो मनको नसुनेसरि अगाडि हिँडुँला म
[03:30.55] हावासँग सोध्छु म
[03:35.87] त्यो जीवनको कुरा
[03:39.59] सास अब भन न
[03:44.37] कति नै बाँकी होला?
