Timi ra ma
[00:28.21] शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
[00:35.46] मेरो याद कति आयो होला
[00:47.70] दशैंको बासनालाई बतासले बगाउंदा
[00:50.47] मलाई कति सम्झ्यौ होला
[00:57.49] सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
[01:03.72] निदरीसंग बिनती गर्यौ होला
[01:10.74] आशाको झोला बोकी, शहरभरि जताततै
[01:17.97] कति दिन पर्खिबस्यौ होला
[01:25.46] यहां पनि चारैतिर शून्यता, आशाले निथ्रुक्कै भिजेको छ
[01:55.49] गुम्सिएको रहरहरु सांचेर तिमी, अझै पनि हांस्दैछौ अरे
[02:23.21] निस्सासिएको सपना लुकाएर, अझै पनि तिमी बांच्दैछौ अरे
[02:37.96] रित्तिएको छ भावना भनेर, आफूसंगै झुटो बोल्छौ होला
[02:51.50] चाहनाहरु बांधेर, झुटो चित्र कोरेर, मनले मनलाई फकायौ अरे
[03:05.73] यहां पनि समयको, कोलाहलमा, दुनियासंगै रित्तिईंदैछ
[03:22.97] शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
[03:28.23] मेरो याद कति आयो होला
[03:35.22] दशैंको बासनालाई बतासले बगाउंदा, मलाई कति सम्झ्यौ होला
[03:52.22] सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
[03:56.73] निदरीसंग बिनती गर्यौ होला
